नेभिगेशन
जीवनयापन

जंगल च्याउ खाँदा एकै परिवारका चार बिरामी

सल्यान— जंगली च्याउ खाँदा बन्गाड कुपिन्डे नगरपालिका–९ जयतपानीमा एकै घरका चारजना बिरामी परेका छन् । बिरामी परेका उनीहरुलाई जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ । बिरामी पर्नेमा वर्ष ४८ का भुपबहादुर ओली, उनकी श्रीमती वर्ष ४५ की मनकली ओली, छोरा वर्ष २३ का प्रकाश ओली र बुहारी वर्ष २१ की सुशिला ओली रहेका छन् । जिल्ला अस्पताल सल्यानका अनुसार अहिले सबै बिरामीलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । अस्पतालले बिरामीमध्ये दुईको अवस्था गम्भीर भएकाले उनीहरुलाई इन्डोस्कोपी गर्नु पर्ने र आईसियुमा राखेर उपचार गराउनुपर्ने भएकाले दुवै सेवाको व्यवस्था नहुँदा रिफर गर्नु परेको हो । बिरामीहरुमा झाडापखाला लाग्ने, पेट दुख्ने, प्रेसर लो हुने जस्ता समस्या देखिएको छ । एकदिन अघि मात्र जिल्ला अस्पताल सल्यानमा च्याउ खाएर बिरामी भएका शारदा नगरपालिका ४ साईलाकम्तका एकै घरका चारजनालाई भर्ना गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्