नेभिगेशन
जीवनयापन

आजबाट नयाँ मतदाता नामावली दर्ता बन्द

काठमाडौँ– प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकैचरणमा हुने भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको हो । यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले पनि प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको थियो । प्रतिनिधिसभाअन्तर्गत एक सय ६५ र प्रदेशसभाअन्तर्गत तीन सय ३० निर्वाचन क्षेत्रमा निर्वाचन हुने भएको छ । निर्वाचन आयोगका अनुसार देशका ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता भइरहेको छ भने निर्वाचन घोषणा भइसकेका कारण अब शुक्रबारबाट सो कार्य रोकिनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्