नेभिगेशन
जीवनयापन

दुबईबाट आएका दुई नेपाली चार थान औंठीसहित विमानस्थलबाटै पक्राउ

काठमाडौँ - दुबईबाट आएका दुई नेपाली दुई/दुई थान सुनको औठीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दुवईबाट काठमाडौं आएका उनीहरुले ल्याएको सुनको औँठीसहित भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१५ रामपुर घर भएका विवेक तिम्सिना र काठमाडौंको दक्षिणकाली नगरपालिका-४ घर भएका साजन श्रेष्ठ छन् । विवेकको साथबाट धातुको बेरुवा औँठी थान-२ को अन्दाजी तौल ८० ग्राम र साजनको साथबाट पनि अन्दाजी ८० ग्रामको दुई थान बेरुवा औँठी बरामद भएको हो । बिहीबार नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनीहरु विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ परेका हुन् । उल्लेखित सुनको बेरुवा औंठीहरु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको आरोपमा उनीहरुलाई आवश्यक कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्