नेभिगेशन
जीवनयापन

स्वास्थ्यमन्त्री खापुङलाई भेट्दै गगन थापाले दिए तीन सुझाव

काठमाडौँ - सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङलाई स्वास्थ्य बीमाको दायरा कम्तीमा १० लाख बनाउन सुझाव दिएका छन् । थापाले बिहीबार मन्त्रालयमै पुगेर स्वास्थ्यमन्त्री खापुङसँग भेटवार्ता गरी स्वास्थ्य क्षेत्रको सेवा सुधार र विस्तारका लागि तीन सुझाव दिएका हुन् । सचिवालयका अनुसार भेटमा स्वास्थ्य क्षेत्रका विविध विषयमा छलफल भयो । तर‚ महामन्त्री थापाले भेटमा स्वास्थ्यमन्त्री खापुङलाई तीन सुझाव दिएको सार्वजनिक गरेका छन् । थापाले स्वास्थ्यमन्त्री खापुङलाई स्वास्थ्य बिमाको दायरा कम्तीमा १० लाख बनाउन सुझाव दिएको बताएका छन् । उनले सेवालाई सहज र गुणस्तरीय बनाउन र जनशक्ति-पूर्वाधार व्यवस्थापनका लागि एकीकृत पूर्वाधार मापदण्ड कार्यान्वयन गर्न समेत सुझाव दिएको बताए । ‘स्वास्थ्य बीमाको सन्दर्भमा आज स्वास्थ्य मन्त्री ज्यूलाई भेटेर स्वास्थ्य बिमाको दायरा कम्तीमा १० लाख रुपैयाँको बनाउन, सेवा सहज र गुणस्तरीय बनाउन, जनशक्ति-पूर्वाधार व्यवस्थापनका लागि एकीकृत पूर्वाधार मापदण्ड कार्यान्वयनलगायत विषय राखेको छु । विश्वास छ, मन्त्री ज्यूको सकारात्मक पहल लिनु हुनेछ,’ महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत लेखेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्