नेभिगेशन
जीवनयापन

कार्यकर्तालाई योगदानका आधारमा नेतृत्वको अवसर : प्रवक्ता डा. महत

काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका कार्यकर्तालाई योगदान, क्षमता र लगनशीलताका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्ने बताएका छन् ।

प्रवक्ता डा. महतले आज आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै कांग्रेसले हरेक नेता-कार्यकर्ताको योगदान, क्षमता, लगनशीलताका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्ने बताएका हुन् ।

नेता डा. महतले नुवाकोटका जनताले आवश्यक ठानेमा आफू नुवाकोटबाट प्रत्यक्ष निर्वाचन लड्ने समेत बताए । ‘छहरे-टोखा सुरुङ मार्ग निर्माण, बालाजु-ककनी सडक निर्माणलगायत नुवाकोटको विकासका लागि धेरै काम गर्न बाँकी छ, नुवाकोटबाट प्रत्यक्ष निर्वाचन जितेर बाँकी काम पूरा गर्ने मेरो इच्छा छ’, उनले भने ।

पूर्व ऊर्जामन्त्री डा. महतले आफ्नो कार्यकालमा नुवाकोटका अधिकांश स्थानमा विद्युतीकरण गरेको स्मरण गरे । नुवाकोटमा कांग्रेसलाई एक ढिक्का बनाएर अगाडि लैजानुपर्ने उनको भनाइ थियो । प्रवक्ता डा. महतले वर्तमान गठबन्धनलाई निर्वाचनसम्म कायम राखेर जाने पक्षमा कांग्रेस रहेको स्पष्ट पारे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्