नेभिगेशन
जीवनयापन

कोरियामा एकै दिन एक लाख सात हजार बढीमा कोरोना संक्रमण

कोरिया - दक्षिण कोरियामा पछिल्लो २४ घण्टाको अवधिमै एक लाख सात हजार आठ सय ९४ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कूल सङ्क्रमितको संख्या दुई करोड ६० लाख एक सय ५४ पुगेको स्वास्थ्य अधिकारीले बिहीबार बताएका छन् ।

अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण केही घटेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको थियो । नयाँ केसमध्ये, चार सय ३५ जना आयातीत रहेको जनाइएको छ । यद्यपि ४६ हजार तीन सय २९ जना कोरोनामुक्त भएका छन् ।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या ३१० पुगेको छ । यस अवधिमा थप ३४ जनाको मृत्यु भएपछि कोरोना सुरु भएबाट हालसम्म कूल मृतक संख्या २५ हजार १४४ पुगेको छ । कूल मृत्युदर ०.१२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्