नेभिगेशन
जीवनयापन

कोसी र नारायणीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ – बाढी पूर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन पुनस्आग्रह गरेको छ। बिहीबार र शुक्रबार कोसी र नारायणी नदीको जलसतह केही मात्रामा घट्ने भए तापनि सतर्कता तह आसपास नै रहने पूर्वानुमान रहेको जनाउँदै महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। बुधबार कोसीमा पश्चिमतर्फ कटान हुँदा उदयपुर, सप्तरी, सुनसरीका झन्डै ३ हजार बिस्थापित भएका थिए भने नारायणीमा आएको बाढीका कारण गण्डक नहरका अधिकांस ढोका खोलिएको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्