नेभिगेशन
जीवनयापन

कोसी ब्यारेजका ४६ ढोका खोलियो

सप्तरी – पुर्वी पहाडमा अविरल परेको वर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोसी नदी अनियन्त्रत भए पछि सप्तकोसी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन्। सप्तकोसी ब्यारेज हुदैँ २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाबमा नियन्त्रण नआए पछि कोसी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको हो। सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेका अनुसार कोसी नदीले उदयपुरको बेलाका नगरपालिकास्थित डुम्रीबोटेको पश्चिम बस्तीतर्फ सोझिए पनि ब्यारेजबाट पानीको बहाब भने अझै कम भएको छैन्। उनका अनुसार अविरल तथा तीव्र बहाबका कारण कोसीले उदयपुरमा २ हजार ५ सयभन्दा बढीलाई विस्थापित गरेको छ भने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १३ गोबरगाढाको सामुदायिक भवन र विद्यालय भवन कटान गरी बगाएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्