नेभिगेशन
जीवनयापन

आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने

काठमाडौँ–आज देशभर वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै राति देशको पहाडी भू(भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्