नेभिगेशन
जीवनयापन

पहिरोले मध्यपहाडी लोकमार्गको रुकुम (पूर्व) खण्ड अवरुद्ध

रुकुम पूर्व - रुकुम (पूर्व) को भूमे गाउँपालिका-३ दोमैमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । सडक माथिबाट ठूलो पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार सडकमा पहिरोसँगै ठूलठूला ढुङ्गा समेत झरेका छन् । तत्काल पहिरो हटाउन सम्भव नभएको डाँगीले बताए । ‘भोलि बिहानैदेखि पहिरो पन्छाउँछौं’, उनले भने । सडक अवरुद्धपछि यात्रु बाटोमै अलपत्र परेका छन् । मध्यपहाडी लोकमार्गहुँदै काठमाडौँ, पोखरा, बागलुङ र रोल्पाबाट आएका यात्रु भूमे गाउँपालिका-२ काँक्री र खाबाङमा बस्न भनिएको र रुकुम (पश्चिम) बाट आउनेलाई रुकुमकोटमै बास बस्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्