नेभिगेशन
जीवनयापन

गोसाइकुण्ड जाने क्रममा विरामी परेकी महिलाको सेनाले गर्‍यो उद्धार

रसुवा - रसुवामा गोसाइँकुण्ड जाने धार्मिक मार्गमा बिरामी परेकी एक महिलालाई नेपाली सेनाले उद्धार गरी आज जिल्ला अस्पताल धुञ्चे पुर्‍याएको छ । लाङ्टाङ् राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको विष्णुदल गणले रसुवाको नौकुण्ड गाउँपालिका-१ आरूखर्ककी २२ वर्षीय माया गुरूङलाई बोकेर उद्धार गरेको हो । उच्च ज्वरो तथा पिसाबको समस्याबाट पीडित गुरूङलाई सेनाको चन्दनबारी सुरक्षा पोष्टमा तैनाथ जवानले स्टेचरमा बोकेर मध्याह्न धुञ्चेस्थित जिल्ला अस्पताल पुर्‍याएका थिए । जिल्ला अस्पतालका चिकित्सक डा. निवेश लागेजुका अनुसार गुरुङको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्