नेभिगेशन
जीवनयापन

धनगढीको नवजीवनमा डायलाइसिस सेवा शुरु, काठमाडौं धाउनु पर्ने वाध्यता हट्यो

कैलाली - सुदूरपश्चिम प्रदेशमा पहिलो पटक धनगढीस्थित नवजीवन अस्पतालमा डायलाइसिस सेवा सुरु भएको छ । मार्क इन्टरनेशनल किड्नी सेन्टर र नवजीवन अस्पतालको सहकार्यमा आजदेखि उक्त सेवा सञ्चालनमा आएको हो । सुदूरपश्चिमका मिर्गौला बिरामीको सहजताका लागि करिब रु पाँच करोडको लागतमा डायलासिस सेवा सञ्चालन गरिएको नवजीवन अस्पतालका प्रमुख कार्यकारी निर्देशक चक्र कठायतले जानकारी दिए । पहिलो चरणमा १० शैंयाबाट उक्त सेवा सञ्चालन गरिएको हो । ‘एक महिनामा १२० देखि १५० बिरामीलाई डायलाइसिस सेवा दिने लक्ष्य छ’, उनले भने । एक पटक डायलासिस गरेको रु तीन हजारदेखि रु चार हजारसम्म खर्च लाग्ने डा. अर्चनकुमार राणाले बताए । यसअघि सुदूरपश्चिमका मिर्गौला बिरामीले डायलाइसिस सेवाका लागि सेती प्रादेशिक अस्पतालमा लामो समयसम्म पालो कुर्नुपर्ने तथा काठमाडौंसम्म धाउनुपर्ने बाध्यता थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्