नेभिगेशन
जीवनयापन

स्वस्थ मानिसका लागि व्यायाम

मनुष्य शरीरलाई चलाउनको लागि जसरी खानाको आवश्यकता पर्दछ त्यसरी नै आसन–प्राणायम आदि व्यायामको पनि अत्यन्तै आवश्यकता पर्दछ । व्यायाम नगर्नाले शरीर अस्वस्थ र ओज कान्तिहीन भएर जान्छ । नियमितरुपमा व्यायाम गर्नाले दुर्बल, रोगी तथा कुरुप व्यक्ति पनि बलवान्, स्वस्थ र सुन्दर हुन्छ । हृदयरोग, मधुमेह, मोटोपन, वातरोग, ग्याँस, रक्तचाप, मानसिक तनाव आदिको मुख्य कारण पनि शारीरिक श्रमको अभाव हो । यदि नियमितरुपमा योगाभ्यास गर्ने हो भने यी रोगहरु कहिल्यै पनि लाग्न सक्दैनन् । व्यायामको पनि अनेकौँ प्रकारहरु छन् । यी सबैमा आसन–प्राणायाम उत्तम हुन्छ । व्यायामहरुले शारीरिक परिश्रम त हुन्छ तर मनमा एकाग्रता तथा शान्ति आउन सक्दैन । गाह्रा व्यायामहरु गर्नाले मांसपेशीहरुको मात्र व्यायाम हुन्छ । स्नायुहरुको व्यायाम हुँदैन । त्यसैले धेरै गाह्रा व्यायामहरुले मांसपेशीहरु यति कडा हुन जान्छन् कि तीनमा बिस्तारै रक्तसञ्चार हुन नै बन्द हुन्छ र दुख्न थाल्छ तर आसन–प्राणायमले पूर्ण आरोग्यता प्राप्त गर्न सकिन्छ र यसबाट कुनै हानी–नोक्सानी पनि हुँदैन । यसले शरीरको साथै मनमा समेत एकाग्रता र शान्तिको विकास हुन्छ । साभार : ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्