नेभिगेशन
जीवनयापन

सर्वोच्चद्वारा जनार्दन शर्माविरुद्धको रिट दरपीठ

काठमाडौँ - सर्वोच्च अदालतले अर्थमन्त्री जनार्दन शर्मामाथि उच्चस्तरीय छानबिन गर्न माग गर्दै ल्याएको रिट निवेदनलाई दरपीठ गरेको छ । सर्वोच्च अदालत प्रशासनले उपभोक्ता हित संरक्षण मञ्चले अर्थमन्त्री शर्माले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्ति प्रवेश गराएको हुनाले उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरिएको रिट निवेदनलाई दरपीठ गरेको हो ।

सर्वोच्च अदालतका कामु रजिष्टार नारायणप्रसाद पन्थीले प्रक्रिया पूरा नगरी रिट निवेदन ल्याएको हुनाले दरपीठ गर्नुपरेको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्