नेभिगेशन
जीवनयापन

अर्घाखाँचीको जङ्गलमा युवकको शव फेला

अर्घाखाँची - अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१० धनचौरको पाकु गाउँमा एक युवकको शव भेटिएको छ । धनचौरबाट आइतबार बेलुकादेखि सम्पर्कविहीन रहेका प्युठानको गौमुखी गाउँपालिका-४ का २८ वर्षीय कुशल केसी मंगलबार दिउँसो जंगलमा मृत अवस्थामा फेला परेका छन् ।

केही समयदेखि धनचौरमा एक्स्काभेटरको अपरेटरमा काम गर्ने केसी मृत्युको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले बताए । शव पोस्टमार्टमका लागि सन्धिखर्क अस्पतालमा ल्याइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्