नेभिगेशन
समाचार

अहिले नै एमालेसँग पार्टी एकता हुँदैन : गौतम

भैरहवा - नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमले पार्टी एकताका लागि माओवादी केन्द्र र एकीकृत समाजवादीसँग छलफल चलिरहेको दावी गरेका छन् ।

आज (मंगलबार) भैरहवामा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले निर्वाचन अघि एकता हुन नसके माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी मोर्चा बनाउने दावी गरेका छन् ।

उनले अहिले नै एमालेसँग एकता नहुने स्पष्ट पारेका छन् । आफूसँगको भेटमा एमाले अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समााजवादी) सँग पार्टी एकता र माओवादीसँग कार्यगत एकता हुन सक्ने बताएको गौतमले बताएका छन् ।

उनले आगामी निर्वाचनमा आफ्नो पार्टीले सहभागिता जनाउने बताए । गौतमले सधैँभरि कांग्रेस पार्टीसँग मिलेर जाने, गठबन्धन गर्ने हो भने कांग्रेस र कम्युनिष्टका बीचमा कुनै फरक नरहने तर्क गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार