नेभिगेशन
समाचार

संसदमा बस्नेतको व्यङग्य : अर्थका अनर्थ मन्त्री, नाम जनार्दन, काम धनार्जन

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्माप्रति संसदमा व्यंग्य गरेका छन् । आज (मंगलबार) को प्रतिनिधि सभा वैठकको शून्य समयमा बोल्दै सांसद बस्नेतले सहयोग नगर्ने कर्मचारी हटाउने, कमिसन नखुवाउने उद्योगीहरुलाई कारबाही गर्ने, चुनावी खर्च जुटाउने, गठबन्धन जिताउन एमाले हराउन लाग्ने भन्दै अर्थमन्त्री शर्माप्रति व्यङग्य कसेका हुन् ।

उनले अर्थका नामका अनर्थमन्त्री जनार्दन नामका धनार्दन शर्मा बोल्दैछु भन्दै संसदमै कटाक्षा मारेका छन् । बस्नेतले अर्थमन्त्री शर्माबारे जनताले सबै मूल्याङ्कन गरेको बताउँदै, महँगी र भ्रष्टाचार अनियमितता कुशासशनको हिसाब पनि हुने उल्लेख गरे ।

‘प्रधानमन्त्रीलाई धन्यवाद, कमरेड प्रचण्ड, माधव नेपाल, उपेन्द्र र दुर्गा जीलाई पनि धन्यवाद ! गृहमन्त्री ज्युलाई पनि धन्यवाद, छानबिन समितिलाई पनि धन्यवाद, मेटाएको सीसीटीभी फुटेज नदेखाएकोमा म लगायत कर्मचारीको कल डिटेल नहेरेकोमा,अन्तर्वार्ता नलिएकोमा,एमालेको फरक मतलाई इग्नोर गरेकामा, सत्ताको आडमा बहुमत पुर्‍याई सफाइ दिएकोमा, पुनःनियुक्ति दिएकोमा अर्थको सेटिङ कायम गराउनेछु’, उनले भने, ’प्रधानमन्त्रीज्यू भाउजुको आदेश मान्नेछु । सेटिङको निश्चित रेटिङ भित्र नै बुझाउनेछु । सहयोग नगर्ने कर्मचारी हटाउने छु । कमिशन नखुवाउने उद्योगीहरुलाई कारबाही गर्नेछु । चुनावी खर्च जुटाउनेछु । गठबन्धन जिताउन एमाले हराउन लाग्नेछु ।’

उनले शर्माबारे जनताले मूल्याङ्कन गरिरहेको पनि बताएका छन् । ‘अर्थका नामका अनर्थ मन्त्री जनार्दन नामका धनार्जन शर्मा बोल्दैछु । जनताले सबै मूल्याङ्कन गरेका छन्’, उनले भने, ‘महँगी र भ्रष्टाचार अनियमितता कुशासनको हिसाब गर्नेछन् । जनता विचलित देशीविरोधी गठबन्धन कमजोर हुनेछ । निर्वाचन आउँदैछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार