नेभिगेशन
समाचार

अर्थमन्त्री शर्माको राजीनामा माग्दै युथ कांग्रेसको प्रदर्शन, दर्जन बढी पक्राउ

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने युवाहरूको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विधिको शासन कायम गर, अर्थमन्त्री राजीनामा दे भन्दै नारा लगाउदै संसद भवन अगाडि प्रदर्शन गर्ने युथ कांग्रेसमा आवद्ध दर्जन बढी युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनमा सहभागी युवाहरूले अर्थमन्त्री शर्मामाथिको छानविन समिति एकपक्षीय भएको भन्दै राजीनामा दिनुपर्ने माग राखेका थिए । नेविसंघको झण्डासहित प्रदर्शनमा उत्रेका युवाहरूलाई संसद भवनको १ नम्बर गेट अगाडि पुग्ने बितिकै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार