नेभिगेशन
समाचार

लिम्पियाधुरासहितको नक्सा ल्याएका कारण प्रधानमन्त्रीबाट हट्नु पर्‍यो : ओली

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेकको भू-भागलाई नेपाली नक्सामा सामेल गरेपछि आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताएका छन् । काठमाडौंमा पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रब्यूहमा नेपाली जलस्रोत’ शीर्षकको पुस्तक विमोचनमा उनले लिम्पियाधुरा र लिपुलेकलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नु परेको टिप्पणी गरेका हुन् । ‘त्यसलाई सुगौली सन्धिमा महाकाली पारीको भू-भाग नेपालको भनेपछि विवादको विषय नै हुन सक्दैन । तर नेपालको नक्बाबाट त्यो भू-भाग हटाइएको रहेछ । त्यसलाई सामेल गरेपछि त्यतिबेला मलाई थाहा थियो यहाँ ठूलै उपद्रो मच्चिनेवाला छ । मलाई प्रधानमन्त्रीबाट हट्नु पर्नेछ’ उनले भने, ‘नभन्दै त्उस्तै भयो ।’ सुगौली सन्धिले महाकाली नदीलाई सिमाना मानेपछि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग नै भएकोमा विवाद नरहेको ओलीले बताएका छन् । उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सन्धि गरेपछि पनि प्रधानमन्त्रीबाट हट्नु परेको बताए । ‘प्रधानमन्त्रीबाट हटेकामा पीर होइन, देश कता जाँदैछ, त्यसमा पीर लागेको छ’ पूर्व प्रधानमन्त्री ओलीले भने ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार