नेभिगेशन
जीवनयापन

एकै दिन ८९५ मा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट ५९०९ नमूना परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३६८५ र एन्टिजेनबाट २२२४ नमूनाको परीक्षण गर्दा पीसीआारबाट ६३२ र एन्टिजेनबाट २६३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप २६४ जना कोरोनामुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या ४९३४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३ हजार १७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्