नेभिगेशन
जीवनयापन

काठमाडौँमा मापदण्डभन्दा पातला प्लास्टिकका झोला प्रयोग गर्न नपाइने

काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकामा प्लास्टिकका झोला प्रयोगमा फेरि कडाइ गर्ने भएको छ । भदौ १ गतेबाट ४० माईक्रोन भन्दा पाताल प्लास्टिकका झोला उत्पादन, आयत र बिक्रिमा रोक लगाउने निर्णय कडाइका साथ लागू गर्ने जनाएको हो । ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोला प्रयोग गर्दा वातावरणमा अत्यन्त प्रतिकुल प्रभाव पर्ने भएकाले यसको प्रयोगमा रोग लगाइ कडाइका साथ अनुगमन गर्ने वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले जनाएको छ । यस्ता झोलाको प्रयोगका कारण ढल तथा पानीको निकासमा पनि समस्या हुने भएकाले नियन्त्रणका लागि प्लाष्टिकको झोलामा प्रतिबन्ध लगाउने निर्णय भएको विभागले जनाएको छ । अति संवेदनशिल विषय भएकाले सरकारले यो निर्णयलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न २०७८ साल माघ १७ गते मन्त्रीपरिषदबाटै निर्णय गरि प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धि कार्ययोजना २०७८ स्वीकृत भई कार्यन्वयन गरिएको छ । पातला प्लास्टिकका झोलाको प्रयोगमा विगतमा पनि कडाइ गरिएकोमा कोरोनाको समयमा केहि अनुगमन केही खुकुलो भएपछि यस प्रकारका झोलाको उत्पादन र उपयोगमा बृद्धि भएकोतर्फ विभागको ध्यान केन्द्रित भएको भन्दै अब थप कडाईका साथ नियम लागु गर्ने विभागले जनाएको छ । विभागले प्लाष्टिकको झोला आयत, विक्रि वितरण, तथा प्रयोग नगर्न पनि सम्बन्धित सबैमा आग्रह समेत गरेको छ । यो निर्णय विपरीत कार्य भएको खण्डमा वातावरण ऐन, २०७६ र वातावरण संरक्षण नियमवली २०७७ बमोजिम कारवाही गरिने पनि विभागले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन