नेभिगेशन
जीवनयापन

रेडक्रसको राष्ट्रिय भेलास्थलमा अर्को पक्षको प्रदर्शन

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीको राष्ट्रिय भेलास्थल बाहिर प्रदर्शन गरिएको छ । काठमाडौँको नयाँ बानेश्वरमा आयोजित भेलास्थल बाहिर निवर्तमान सञ्चालक समितिका सदस्यहरूले प्रदर्शन गरेका हुन् । भेलामा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे प्रमुख अतिथि रहेका छन् । सरकारले गत असार १ गते तत्कालिन तदर्थ समितिले महाधिवेशन गर्न नसकेको भन्दै नेत्रप्रसाद तिम्सिना नेतृत्वको समितिलाई हटाएर प्रा। सुदर्शनप्रसाद नेपाल नेतृत्वको तदर्थ समिति गठन गरेको थियो । सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएपनि पुरानो तदर्थ समितिको निरन्तरताबारे केही बताएको छैन । यहि विषयमा दुई पक्षबीच विवाद हुँदै आएको छ । यसअघि दुबै पक्षबीच रेडक्रसको केन्द्रीय कार्यालयमा दुई पक्षबीच झडप समेत भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन