नेभिगेशन
जीवनयापन

धादिङको बेँसीघरमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–४ बेसारे बेँसीघरमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । स्थानीय भरत रानाको घर पुरिँदा उनकी बुहारी शर्मिला राना मगरको मृत्यु भएको वडाध्यक्ष हरि श्रेष्ठले जानकारी दिए । रातिदेखि परेको पहिरोले घर पुरिँदा उनको मृत्यु भएको हो । पहिरोले पुरिएर बेपत्ता भएकी उनको सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले शव निकालेका थिए । यस्तै, धादिङबेंसीको अरुण खोलामा बाढी आउँदा भौतिक क्षति हुन पुगेको छ । बाढीले खेत, टहरा सामानहरु समेत बगाएको छ भने खोला किनारका घरहरु जोखिममा परेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन