नेभिगेशन
जीवनयापन

८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय किशोर पक्राउ

  धनकुटा — धनकुटाको महालक्ष्मी नगरपालिका ७ स्थित ८ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय किशोर पक्राउ परेका छन् । स्थानीय लक्ष्मी खोलामा पौडी खेल्न गएका ती किशोरले सोही स्थानमा नुहाउँदै गरेकी बालिकालाई ललाइफकाई मारेक कटहरे सामुदायिक वनमा लगी बलत्कार गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । गत असार २८ गतेको घटना भए पनि बालिकाका आफन्तले शनिबार मात्र प्रहरी चौकी जितपुरमा उजुरी गरेका थिए । बालिकासँग साथमा रहेका अर्का बालकले आफन्तलाई जानकारी गराएपछि घटना बाहिरिएको थियो । आरोपित किशोरलाई पक्राउ गरी जिल्ला अदालत धनकुटाबाट म्याद लिई अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालले जानकारी दिए । प्रहरी हिरासतमा राखिएका किशोरमाथि जबर्जस्ती करणी कसुरमा मुद्दा दायर गरिएको जनाइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन