नेभिगेशन
जीवनयापन

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

दाङ–—  एक पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा निजी विद्यालयका एक शिक्षक पक्राउ परेका छन्। जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ५ स्थित स्टार समिट इंग्लिस स्कुलका शिक्षक ५० वर्षीय श्यामलाल चौधरी पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार आरोपित शिक्षकलाई सोमबार दिउँसो चार बजेपछि पक्राउ गरिएको हो। ‘लष्अअभिभावकको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सिसहनियाले शिक्षक चौधरीलाई नियन्त्रणमा लिएको थियो। अभिभावकको किटानी जाहेरी पछि थप अनुसन्धान गरी कानुनी कारबाहीको प्रक्रिया सुरू हुने एसपी काफ्लेले बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन