नेभिगेशन
समाचार

मुक्त कमैयाका समस्या समाधान गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैया, कमलरी, हरुवा, चरुवा र हलिया श्रमिक राख्नेलाई कारवाही गर्न निर्देशन दिएका छन् । कमैया मुक्ति घोषणाको २२ वर्ष पुगेको अवसरमा बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले कसैले पनि कमैया, हरवाचरुवा वा बधुवा श्रमिक राख्न नपाउने भन्दै कसैले राखेको पाइए कारवाही गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले कमैया श्रम निषेध गर्ने सम्बन्धी ऐनलाई कडाइपूर्वक लागू गर्न पनि निर्देशन दिए । हरवाचरुवा वा कमैयाको कुनै अवशेष बाँकी भएको भए त्यो दण्डनीय हुने उनको भनाई छ । प्रधानमन्त्री देउवाले हरवा चरुवालाई सामाजिक आर्थिक उन्नति र सम्मानजनक जीवन सुनिश्चित गर्न विशेष लक्षित कार्यक्रम ल्याउने पनि बताएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालसम्म २७ हजार २१ मुक्त कमैया परिवारलाई जमिन र घर उपलब्ध गराइएको जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार