नेभिगेशन
समाचार

प्रदेश १ को नामबारे छलफल गर्न सर्वदलीय बैठक बस्ने

प्रदेश–१ को नाम बारे छलफल गर्न साउन छ गते सर्वदलीय बैठक बस्ने भएको छ । प्रदेश १ का सभामुख प्रदीप भण्डारीले यसबारे छलफल गर्न साउन ६ गते शुक्रबार सर्वदलीय बैठक बोलाएका हुन् । नामबारे साझा धारणा आउन नसकेपछि सहमति गराउने प्रयास स्वरुप सर्वपक्षीय छलफल बोलाइएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। सहमति नभए संसदीय प्रकृयामा लगेर नामबारे छलफल गराउने तयारी पनि भइरहेको छ । प्रदेश सभाको अवधि सकिन लाग्दा समेत नाम टु‌ग्याउन नसकेको भन्दै दलहरूको चर्को आलोचना भइरहेको छ । प्रदेशसभाका दलहरूले सभाको जारी अधिवेशनबाटै प्रदेशको नामा‌करण गर्ने प्रतिवद्धता जनाएपनि अझै सकेका छैनन् । एमालेले कोसी, कांग्रेसले सप्तकोसी नाममा छलफल थालेका छन् भने माओवादीले पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने बताउँदै आएको छ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार