नेभिगेशन
समाचार

प्रचण्डसहितका माओवादी नेताहरूसँग गृहमन्त्री र कानुनमन्त्रीको भेटवार्ता

काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादी नेताहरुसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भेटवार्ता गरेका छन् । तीन दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रचण्डसँग आज बिहान गृहमन्त्री र कानुनमन्त्रीले भेटवार्ता गरेका हुन् । प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा माओवादी नेताहरू देवप्रसाद गुरुङ, वर्षमान पुन र शक्ति बस्नेत पनि सहभागी थिए । सरकारले संघीय संसद्मा पेस गरेका नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहितका विधेयकहरूबारे नेताहरूबीच छलफल भएको गृहमन्त्री खाणले जानकारी दिए । त्यस्तै छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा पनि कुराकानी भएको छ । यो विषयमा पनि सत्तारुढ दलहरूको एउटै धारणा बनाएर अघि बढ्ने सैद्धान्तिक सहमति बनेको छ । सरकारले अन्य अत्यावश्यक विधेयकहरु पनि संसद्मा पेस गरेको छ । ती विधेयकका सम्बन्धमा पनि सत्तारुढ दलहरूको एउटै धारणा बनाएर अघि बढ्ने सैद्धान्तिक सहमति बनेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार