नेभिगेशन
समाचार

राष्ट्रिय सभाको बैठक आज, यस्तो छ कार्यसूची

काठमाडौँ– राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकको सुरुमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् ।

त्यसपछि विधायन व्यस्थापन समितिका जेष्ठ सदस्य नारायण दत्त मिश्रले सपथ सम्बन्धी विधेयक २०७८ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसुची रहेको संघीय संसदको सचिवालयले जनाएको छ । यस्तै खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाइ विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूची अनुसार आज शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ दफाबार छलफल र पारितका लागि प्रस्ताव पेश गर्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार