नेभिगेशन
समाचार

काँग्रेसको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै

काठमाडौँ– नेपाली काँग्रेसको पदाधिकारी बैठक अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ । बैठकमा सोमबार बस्ने केन्द्रीय समितिको बैठकमा नेताहरूले बोल्ने क्रम सकिएपछि निर्णयका लागि पेश हुने प्रस्तावहरूबारे छलफल गर्ने कार्यतालिका रहेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक गत सोमबारदेखि जारी छ । नेपाली काँग्रेसको विधान अनुसार सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष गरी १४ जना पदाधिकारी रहने व्यवस्था रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार