नेभिगेशन
समाचार

भाजपा मुख्यालयमा प्रचण्ड र नड्डाबीच भेटवार्ता

काठमाडौँ– भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् ।

नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा सो पार्टीका अध्यक्ष नड्डासँग प्रचण्डले भेट गरेका हुन् । भेटमा भारतका विदेशमन्त्री एस जयशंकर, भाजपाका नेताहरु र प्रचण्डपुत्री गंगा दाहालका साथै स्वकीय सचिव रमेश मल्ल पनि सहभागी थिए।

पूर्वप्रधानमन्त्री प्रचण्ड नड्डाकै निमन्त्रणामा शुक्रबारदेखि भारत भ्रमणमा छन्।

स्वदेश फर्किनुअघि प्रचण्डले आजै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने सम्भावना छ ।

यसअघि शनिबार उनीसँग भारतका विदेशमन्त्री जयशंकरलगायतले भेटवार्ता गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार