नेभिगेशन
समाचार

काठमाडौँ जिल्ला अदालत बारमा लोकतान्त्रिक प्यानल नै विजयी

काठमाडौँ– काठमाडौँ जिल्ला अदालत बार एशोसियसनमा रामचन्द्र पौडेल (आर.सी. विमल)ले नेतृत्व गरेको लोकतान्त्रिक समूह नै विजयी भएको छ। नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन (डिएरए)को तर्फबाट पौडेलले समूहको नेतृत्व गरेका थिए।

शनिबार भएको निर्वाचनमार्फत उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिवमा उज्वलराम श्रेष्ठ, सचिवमा अञ्जु रेग्मी अर्याल, कोषाध्यक्षमा सन्तोष भण्डारी विजयी भएका हुन् ।

खुल्ला सदस्यमा क्रमशः भिष्म निरौला, मदनकुमार दहाल, संकल्प क्षेत्री, सूर्यमणी राई, सुनिल थापा, सूर्यबहादुर दौल्याल, सुवास पाठक विजयी भएका छन् ।

यसैगरी, हरिराम लामिछाने, चेतनाथ तिमल्सिना, जीवन न्यौपाने, प्रविण हुमगाई, दिपकुकुमार साह सदस्यमा विजयी भए । महिला सदस्यमा गीता श्रेष्ठ र उमादेवी प्रसाई चयन भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार