नेभिगेशन
समाचार

दिल्ली पुग्नासाथ प्रचण्डको राजनीतिक भेटघाट शुरु, भाजपा विदेश विभाग प्रमुखसँग संवाद

काठमाडौं - तीन दिने भ्रमणका लागि भारत पुगेका सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुखले स्वागत गरेका छन् ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डलाई भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेले स्वागत गरेको प्रचण्डको सचिवालयले जनाएको छ । स्वागतका लागि भारतका लागि नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थल पुगेका थिए । उनी आजै भारत गएका हुन् । दिल्ली पुग्नासाथ माओवादी अध्यक्षले राजनीतिक भेटघाट शुरु गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार