नेभिगेशन
समाचार

नेमकिपाद्वारा उपसभामुख पदको मतदान बहिष्कार

काठमाडौँ - नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले उपसभामुख पदमा मतदान नगर्ने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले मतदान नगर्ने पार्टीको निणर्य भएको बताएका छन् ।

थ्रेस होल्ड राख्ने व्यवस्थाको विरोधमा उनले प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा मत नदिने घोषणा गरेका हुन् । उपसभामुखका लागि गठबन्धनको तर्फबाट पुष्पा भुसाल र नेकपा एमालेका तर्फबाट विद्या भट्टराई उम्मेदवार छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार