नेभिगेशन
सिएन ग्यालरी

गगनको मुस्कान (तस्वीरहरू)

काठमाडौँ–  बिहीबार कांग्रेस नेता डा शेखर कोइराला निकट नेताहरूको भेलामा महामन्त्री गगन थापा पनि पुगेका थिए । उनी भेलामा हसिँलो मुस्कानसाथ उपस्थित भएका थिए । भेला बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको थियो । महामन्त्री थापा तोकिएभन्दा करिब २ घण्टा ढिलोमात्र भेलास्थलमा पुगेका थिए । जसका कारण भेला नै ढिलोगरि मात्र शुरू भएको थियो । कोइराला पक्षका नेताहरूले भोली थप छलफल गर्ने बताएका छन् । भेलामा डा. कोइराला, चन्द्र भण्डारी, डा रामशरण महत, दिलेन्द्रप्रसाद बडू, जगदीशनरसिंह केसी, सञ्जय गौतमलगायत सहभागी थिए। भेलामा देशको समसामयिक राजनीति, पाँच दलीय गठबन्धन, देशको आर्थिक अवस्था र संघीय र प्रदेशसभा निर्वाचनबारे छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्