नेभिगेशन
विज्ञान प्रविधि

नेपालको ३७ मेगावाट विजुली भारत पठाउन थालियो

काठमाडौं - नेपालबाट तत्कालका लागि ३७ मेगावाट विजुली भारत निर्यात शुरु भएको छ । त्रिशुली र देवीघाट जलविद्युत् केन्द्रको बिजुली भारत निर्यात हुन थालेको विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

भारतको विद्युत एक्सचेन्ज बजारमा निर्यात शुरु गरेको विद्युत् प्राधिकरणको प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार भारतको एक्सचेन्ज बजारमा हरेक १५ मिनेटमा मूल्य परिवर्तन हुनेछ । यसअनुसार प्रतियुनिट अधिकतम १२ रुपैयाँ मूल्य कायम छ भने न्यूनतम साढे दुई रुपैयाँ पनि हुने गरेको हो ।

अहिले भारतले दुई सय मेगावाट विद्युत् नेपालबाट माग गरेको छ । नेपालले अहिले ३६४ मेगावाट विद्युत् बिक्री गर्न पाउने सम्झौता छ । तर बुधबारदेखि ३७ दशमलव २ मेगावाट विद्युत् निर्यात गर्न थालेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्