नेभिगेशन
विज्ञान प्रविधि

दुई महिनादेखि बेपत्ता युवकको शव गोठमा भेटियो

रोल्पा - घर बाटा बेपत्ता भएको दुई महिनापछि रोल्पामा एक युवकको शव फेला परेको छ । रोल्पा नगरपालिका-१० धाङसी बस्ने राजकुमार रोकाका १८ वर्षीय छोरा भगवती रोका मगरको शव फेला परेको हो ।

रोल्पाका निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक थम्मन बिसीका अनुसार उनी २०७८ चैत्र २४ गते घरबाट हिंडेका थिए । धेरै दिनसम्म घरमा नफर्किएपछि परिवारजनले वैशाख महिनामा खोजतलास गरी पाउँ भनी प्रहरीमा उजुरी दिएका थिए ।

सोही अनुरूप खोजतलास गर्दै जाने क्रममा सोही नगरपालिका-९ स्थित सुनप्रकाश बुढाको खाली गोठमा निजको शव सडेगलेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक बिसीले बताए । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्