नेभिगेशन
विज्ञान प्रविधि

कैलालीमा हतकडीसहित थुनुवा फरार

कैलाली - कैलालीको धनगढीस्थित इलाका प्रहरी कार्यालय सुखडबाट एक थुनुवा कैदी हतकडीसहित फरार भएका छन् । जेठ १८ गते मेडिकलका लागि सुखडको घोडाघोडी अस्पतालबाट फर्कने क्रममा घोडाघोडी-२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् ।

जेठ १४ जेठ घोडाघोडी-२ साडेपानीका कृष्ण पाण्डेय र प्रकाश शाहलाई लागुऔषधको मुद्दामा पक्राउ गरी थुनामा राखेको थियो । दुवै जनालाई मेडिकल जाँचका गरी स्थानीय घोडाघोडी अस्पतालबाट फर्कने क्रममा कृष्ण पाण्डेय फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) वेद जोशीले जानकारी दिए ।

दुवैलाई जेठ १८ गते पेटको समस्या भन्दै उनीहरूलाई मेडिकलका लागि लगिएको थियो । ‘दुवै जनालाई एक हतकडी लगाएको थियो’ प्रहरी नायव उपरीक्षक जोशीले भने-‘प्रकाशको भने हातबाट हतकडी फुत्क्यो कृष्ण हतकडीसहित भागेका हुन् ।’ दुवै जनालाई म्याद थप गरी इलाका प्रहरी कार्यालय सुखडमा राखी थप अनुसन्धान भइरहेको थियो । अहिले फरार भएका थुनुवालाई खेजीका लागि जिल्ला र इलाकाको टोली खटिएको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्