नेभिगेशन
विज्ञान प्रविधि

सप्तकोशी नदीमा हाम फालेका व्यक्तिको उद्धार

झापा– सप्तकोशी नदीमा हाम फालेका एक पुरुषलाई सशस्त्र प्रहरीको टोली सकुशल उद्धार गरेको छ । सशस्त्र प्रहरी सप्तरीका उपरीक्षक प्रदीप खड्काका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बुधबार बेलुकी ७ बजेर १५ मिनेटतिर हाम फालेका व्यक्तिको उद्धार गरिएको हो । झापाको कमल गाउँपालिका–५ निवासी ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बू सप्तकोशी पुलको बीचको नोजबाट नदीमा हाम फालेका थिए । उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हवल्दार उद्धवप्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीयको सहयोगमा ती व्यक्तिको उद्धार गरेको हो । उद्धार गरी लिम्बूलाई सम्झाइबुझाइ घर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्