नेभिगेशन
विज्ञान प्रविधि

देशभरका इन्टरनेट जुनसुकै बेला बन्द हुन सक्ने

काठमाडौं - इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले देशभरका इन्टरनेट जुनसुकै बेला बन्द हुन सक्ने बताएको छ । विद्युत् प्राधिकरणले देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् को लाइन काटेपछि आइस्पानले यस्तो बताएको हो । प्राधिकरणले विवादित पोलभाडाको निहुँमा देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटेकोले देशका थप मूख्य शहरमा पनि इन्टरनेट सेवा बन्द हुन सक्ने आइस्पानले बताएको हो । इन्टरनेट सेवा प्रदायकहरूले आफूले प्रयोग गरेका पोलहरू स्वघोषणा गरी प्राधिकरणमा बुझाए पनि प्राधिकरणले कार्यान्वयन नगरेको इन्टरनेट सेवा प्रदायकको भनाई छ । यो विवाद समाधानको लागि नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेर दिएको प्रतिवेदन पनि प्राधिकरणले कार्यान्वयन नगरेको इन्टरनेट सेवा प्रदायकले बताएका छन् । इन्टरनेट काटिने भन्दै इन्टरनेट सेवा प्रदायकहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पनि पठाइसकेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्