नेपालको पहिलो राष्ट्रिय गीत पुनः संगीत 

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– युगकवि सद्धिचिरण श्रेष्ठको १११औँ जन्मजयन्तीको अवसरमा युगकविद्वारा  रचित नेपालको  पहिलो राष्ट्रिय गीतलाई विमोचन गरिएको छ । उक्त गीतलाई संगीतकार एलसि कार्कीले संगीतबद्ध गरेका हुन् । कार्यक्रममा  उपराष्ट्रपति नन्दबहादुर पुनले  युगकवि सिद्धिचरण पुरस्कार’ सिस्नुपानी नेपाल संस्थालाई साथै यसैगरी विसं २०७७, २०७८ र २०७९ सिद्धिचरण युवा पत्रकारिता पुरस्कार गजुरधन राई, पारसप्रकाश नेपाल र लहना मिडियालाई नगद सहित सम्मान गरेका थिए । राष्ट्रिय गीत निर्माणमा लामो समय देख सहभागी तथा गायिका गीता पाण्डे, संगीतकार एलसि कार्की तथा संगीत संयोजक राजेशकुमार श्रेष्ठलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रधानसेनापति संरक्षक रविचरण श्रेष्ठ साथै साहित्यकारहरूले नेपालको पहिलो राष्ट्रिय गीतको बारे प्रकाश पारेका थिए । उनको मेरो प्यारो ओखलढुङ्गा’, नर्झिर’, भीमसेन थापा’, शबरी’, जूनकीरी’ लगायत मर्मस्पर्शी रचना सर्वाधिक चर्चामा छन्। उनका कवतिा सङ्ग्रह मेरो प्रतिविम्ब’, कोपिला’, कुहिरो र घाम’,  खण्डकाव्य उर्वशी’, ज्यानमाराशैल’, आँसु’ लगायत कृति छन्।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०९:२९
प्रतिक्रिया दिनुहोस्