नेभिगेशन
खेलकुद

नाडाल फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा

काठमाडौँ– स्पेनिस टेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । पेरिसमा सोमबार राति अष्ट्रेलियाका जोर्डन थोम्पसनलाई हराउँदै नाडालले दोस्रो चरणमा स्थान बनाएका हुन् । कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले जोर्डनलाई ६-२,६-२ र ६-२ को सेटमा हराए । क्ले कोर्टका राजा मानिने नाडाल फ्रेन्च ओपनमा कीर्तिमानी विजेता हुन् । नाडालले १३ पटक फ्रेन्च ओपन जितेका छन् । यस्तै नाडाल फ्रेन्च ओपनमा सर्वाधिक खेल जित्ने खेलाडी बनेका छन् । उनले फ्रेन्च ओपनमा १ सय ६ खेल जितेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद