एन्फा अध्यक्षमा कर्मा छिरिङको उम्मेदवारी घोषणा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि वर्तमान अध्‍यक्ष कर्माछिरिङ शेर्पाले पुन: दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौँमा आज पत्रकार सम्मेलन गर्दै शेर्पाले आगामी चार वर्षे कार्यकालका लागि पुन: उम्मेदवारी दिने घोषणा गरेका हुन् । एन्फाको २१ औँ चुनावी साधारण सभा आगामी ६ असारमा हुनेछ । शेर्पा चार वर्षअघि अत्याधिक बहुमतसहित एन्फा अध्यक्षमा निर्वाचित भएका थिए । यस्तै शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा कुमार केसी, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठ रहेका छन् । सदस्यमा दिपक थापा, प्रविण यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरूङ, रामराजा गुरूङ, टीका लामा, प्रदेश सिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ,रमेश ब्यन्जनकार, मणीराज विष्ट र मनिष जोशी रहेका छन् । महिला सदस्य बाँकी रहेको छ । एन्फाको आसन्न निर्वाचनका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भईसकेको छ । यस अघि पंकज नेम्बाङले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराईसकेका छन् । यस्तै पंकज प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले उम्मेदवारीको घोषणा गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:१७
प्रतिक्रिया दिनुहोस्