एसी मिलानलाई 'इटालियन सिरी ए' को उपाधि

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– सहरी प्रतिद्वन्दी इन्टर मिलानलाई २ अंकले पछि पार्दै एसी मिलानले इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको आफ्नो अन्तिम लिग खेलमा सासोउलोलाई ३-० गोल अन्तरले हराउँदै मिलान च्याम्पियन बनेको हो। मिलानले ११ वर्षपछि लिगको उपाधि जितेको हो । यस्तै मिलानले १९ औं पटक लिगको उपाधि जितेको हो । मिलानलाई जित दिलाउन ओलिभर जिरुडले दुई गोल गरे । खेलको १७ औं मिनेटमा जिरुडले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाए । ३२ औं मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ३६ औं मिनेटमा फ्रान्क केस्सीले गोल गर्दै मिलानलाई ३-० को जित दिलाए । यस जितसँगै मिलानले ३८ खेलमा ८६ अंक जोड्यो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:१७
प्रतिक्रिया दिनुहोस्