मुम्बईसँग दिल्ली पराजित, बेङ्ग्लोर प्लेअफमा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ । महत्त्वपूर्ण खेलमा दिल्ली मुम्बईसँग पराजित भएसँगै रोयल च्यालेञ्जर्स बेङ्ग्लोर प्ले अफमा पुगेको छ । दिल्ली ५ विकेटले पराजित भएपछि बेङ्ग्लोर १६ अङ्कका साथ अन्तिम चारमा रहेर प्ले अफमा पुगेको हो । जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । मुम्बईका ईशान किशनले सर्वाधिक ४८ रन जोडे । दिल्लीका शार्दुल ठाकुर र एनरिच नोर्कियाले २/२ विकेट लिए । त्यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । दिल्लीका रोभम्यान पावेलले सर्वाधिक ४३ रन बनाए । मुम्बईका जस्प्रित बुमराहले ३ तथा रमनदीप सिंहले २ विकेट लिए । गुजरात, राजस्थान रोयल्स र लखनऊ यसअघि नै प्ले अफमा पुगिसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:१८
प्रतिक्रिया दिनुहोस्