टी–२० सिरिजको अन्तिम खेलमा युगान्डाविरुद्ध नेपाल विजयी

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ — युगान्डाको महिला टोलीसँगको पाँच खेलको ट्वान्टी–२० श्रृंखला अन्तर्गत शनिबार सम्पन्न अन्तिम खेलमा नेपालले युगान्डालाई ३३ रनले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न पाँचौं तथा अन्तिम ट्वान्टी–२० खेलमा नेपालले दुबै पक्ष ब्याटिङ र बलिङमा सुधारिएको प्रदर्शन गरेको थियो । यस क्रममा नेपालले ३३ रनको जित निकालेको हो । यद्यपि पाँच म्याचको टी–ट्वान्टी सिरिजमा युगान्डा ३–२ ले विजयी बनेको छ । यससँगै घरेलु टोली नेपालले जितसहित शृंखलाको अन्त्य गरेको छ । १ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । नेपालको कसिलो बलिङ समक्ष युगान्डाको ब्याटिङ अघिल्ला खेलको तुलनामा चल्न सकेन । जवाफी ब्याटिङ गर्ने क्रममा युगान्डाका लागि रिता मुसामालीले सर्वाधिक २६ रन बनाउँदा ओपनर केभिन अविनोले १५, फियानो कुलुमे ८, जेनेट बाबाजिले १०, लियोना बाबिरियले २ र सुसान काकाईले ७ रन बनाए । सकिरा सादिक ७ र कान्सी अवेको १३ रनमा नटआउट रहे । कसिलो बलिङ गरेको नेपालका लागि नेपालकी इन्दु वर्मा र सिता राना मगरले समान दुईरदुई विकेट निकाल्दा आस्मिना कर्मचार्य र हिरामाइ रोयले समान एकरएक विकेट आफ्नो नाममा लेखाए । जितपछि नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले नेपाली टोलीलाई अभ्यस्त बनाउन यस्तै प्रतियोगिताको आवश्यक भएको प्रतिक्रिया दिइन् । धेरै पछि घरेलु मैदानमा आयोजना भएको शृंखलामा आफ्नो कमी कमजोरी औल्याउँदै १०र१५ रनका लागि मिहिनेत गर्दा सफल भएको उनले बताएकी थिइन् । यसअघि, ब्याटिङको निम्तो पाएको नेपालले पूरै २० ओभरको समाप्तिमा ६ विकेट गुमाएर १ सय २३ रनको स्कोर बनाएको थियो । अघिल्ला खेलमा भन्दा राम्रो स्कोर निस्किएको खेलमा नेपालका लागि ज्योति पाण्डे अर्धसतक बनाउन १ रनले चुकिन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:१८
प्रतिक्रिया दिनुहोस्