नेपाली राष्ट्रिय टिमका बलिङ कन्सल्ट्यान्ट धम्मिकालाई दिएन अमेरिकाले भिसा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ कन्सल्ट्यान्ट तथा श्रीलंकाका पूर्व राष्ट्रिय क्रिकेटर धम्मिकाप्रसादलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । विश्वकप क्रिकेट लिग टू खेल्न जाने नेपाली टिमलाई बलिङ प्रशिक्षणका लागि अमेरिका जान आवेदन दिएका उनलाई कोलम्बोस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो । उनले यसबारे ट्वीट गर्दै दुतावासको यो निर्णयले आफु चकित भएको बताएका छन् । धाम्मिकाले श्रीलंकाका पूर्व राष्ट्रिय खेलाडी पनि हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:१८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार