मुसा यमकको बक्सिङ रिङमै निधन

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - जर्मनीका चर्चित बक्सर मुसा यमकको निधन भएको छ । उनको शनिवार बक्सिङ रिङमै निधन भएको हो । ३८ वर्षीय यमकले शनिवार युगान्डाका हमजा वान्डेरासँग भीडन्त गरेका थिए । खेल चल्दा चल्दै बेहोस भएका उनको निधन भएको हो । उनको ह्दयघातका कारण निधन भएको बताइएको छ । उनले कम उमेरमै युरोपेली तथा एसियाली च्याम्पियनसिपको उपाधि जितेका थिए। उक्त खेल प्रत्यक्ष प्रसारण भइरहेको बेला नै मुसा बेहोस भएका थिए । तुरुन्त मुसालाई अस्पताल लगिए पनि बचाउन नसकिएको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:१७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार