नेपाली क्रिकेट टिमको उपकप्तानको जिम्मेवारी रोहितलाई

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - नेपाली राष्ट्रिय टोलीका उपकप्तानको जिम्मेवारी रोहित कुमार पौडेलले पाएका छन् । बिहिबार नेपाल क्रिकेट संघ क्यानले रोहितलाई राष्ट्रिय टोलीको नयाँ उपकप्तान बनाएको हो । अमेरिका र स्कटल्याण्डमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि क्यानले टोलीको उपकप्तान रोहितलाई बनाएको हो । यसअघि राष्ट्रिय टोलीको उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीले सम्हाल्दै आएका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:१७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार