नेभिगेशन
जीवनयापन

घरमा रोप्नुहोस् यी बिरुवा हुनेछ कमालको फाइदा

बोट विरुवा केवल वातावरण स्वच्छ पार्न मात्र होइन अन्य काममा समेत उपयोगी हुन्छन् । वास्तु अनुसार घर आसपासमा भएका बोट बिरुवाले घरको नकारात्मक ऊर्जा नष्ट गर्न मद्दत गर्दछ । वास्तुशास्त्रमा केहि यस्ता विरुवाको चर्चा गरीएको छ । जसलाई घर आसपासमा रोपे घरमा सकारात्मक ऊर्जा बनाइ राख्दछ । यसको सामिप्यताले घरमा सुख, शान्ती बढ्ने गर्दछ । साथै परिवारका सदस्यको स्वास्थ्यमा समेत लाभ पुर्याउँछ । यी हुन् घरआसपासमा रोप्नु पर्ने वनस्पती : १. चमेली चमेली फूल यसको सुगन्धका कारण चर्चित छ । यस अलावा यसको वास्तुशास्त्रमा समेत ठुलो महत्व छ । वास्तु अनुसार घरमा चमेली रोपेमा परिवारबीचको मनमुटाव हटेर जान्छ । २. तुलसी तुलसीलाई वैदिक सनातन धर्ममा निकै महत्वका साथ हेरीन्छ । औषद्यीय गुणले भरपूर्ण तुलसीमा नकारात्मक शक्ति दुर गर्ने क्षमता हुन्छ । तुलसीमा सबै देवताको बास हुने मान्यता छ । ३. बाँस आजकल बाँसको साना प्रकारको विरुवा घरभित्र राख्ने चलन बढेको छ । फेन्गशुईमा यस प्रकारको बाँस घरभित्र राख्ने सुझाव दिइन्छ । यसले घरमा हुने द्वन्द्व कम गर्ने मान्यता छ । ४. सिउँडी सिउँडी घरमा राखे यसले घरमा पर्ने खराब नजरबाट यसले बचाउने धार्मीक मान्यता रहेको छ । तसर्थ कुनै खराब दृष्टिबाट बच्न घरमा सिउँडी रोप्नु पर्ने वास्तशास्त्रको मान्यता छ । ५. घ्युकुमारी (एलोवेरा) घ्युकुमारी (एलोवेरा)ले शरीरको सुन्दरता बढाउने मात्र होइन सौभाग्य वृद्धि समेत गर्दछ । घरमा एलोवेरा रोपेमा भाग्य बदलिने मान्यता छ । जागीर पाउन कठिनाई भएमा आफ्नो कोठामा एलोवेरा रोप्नुहोस् यसले सकारात्मक असर पार्दछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्